राज्यपाल माथुर जनजातीय गौरव दिवस समारोहमा सहभागी बने

552360015f23b99978d5f1a6bd2b9c7d

गान्तोक, 15 नोभेम्बर (हि.स.)। भगवान बिरसा मुण्डाको 150औं जयन्ती वर्षमा आज बिहारको जमुईमा जनजातीय गौरव दिवस भव्यरूपमा आयोजन गरियो। उक्त कार्यक्रममा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर अनलाइन माध्यमद्वारा सहभागी बने।

यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले जनजातीहरूको निम्ति धेरै हितकारी योजनाहरूको उद्घाटन गरे। यस क्रममा सिक्किममा एउटा जनजातीय अनुसन्धान संस्थानको पनि उद्घाटन गरियो।

यस महत्वपूर्ण उपहारको निम्ति राज्यपालले प्रधानमन्त्रीलाई धन्यवाद दिए। राज्यपालले भने, सिक्किममा जनजातीय अनुसन्धान संस्थानको निर्माण प्रधानमन्त्री नरेन्द्र मोदीजीको राज्यप्रति दूरदर्शिताको प्रमाण हो। यसको निम्ति म प्रधानमन्त्रीजीलाई सिक्किम राज्यको तर्फबाट आभार व्यक्त गर्दछु।

यस भर्चुअल समारोहमा राज्यपाल माथुर सिक्किम मणिपाल विश्वविद्यालयका छात्रहरूसॅंग सहभागी बनेको राजभवनले प्रेस विज्ञप्तिमा जनाएको छ।